२४ घन्टामा १,६६४ जना काेराेना संक्रमित थपिँदा १,७८६ काेराेनामुक्त

काेराेना अपडेट

96

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ६६४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ११७ आरटी पिसिआर र ३ हजार १०५ एन्टिजेन गरी कुल १२ हजार २२२ जनामा परीक्षण गरिएकोमा १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३५ हजार ५९१ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार २१४ जना होम आइसोलेसनमा, २ हजार २७७ संस्थागत आइसोलेसनमा र ३२९ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५३७ जना र भेन्टिलेटरमा १६४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १६ हजार ३०६ पुगेको छ । निको हुने दर ९३.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...