थप २,२९५ जनामा कोरोना पुष्टि, १६ जनाको मृत्यु

काेराेना अपडेट

549

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २९५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ११ हजार ८९२ आरटी पिसिआर र ३ हजार ३४१ एन्टिजेन गरी कुल १६ हजार २३३ जनामा परीक्षण गरिएकोमा २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३५ हजार ८७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा, २ हजार ५४१ संस्थागत आइसोलेसनमा र ३३८ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५६८ जना र भेन्टिलेटरमा १६० जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख १४ हजार ५२० पुगेको छ । निको हुने दर ९३.९ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १६ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ७३० पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...