दल विभाजनमा सहभागी नहुन प्रतिनिधिहरुलाई एमालेको निर्देशन [सर्कुलरसहित]

241

काठमाडौं । नेकपा (एमाले)ले पार्टी विभाजनविरुद्ध उत्रिन आन्तरिक सर्कुलर जारी गरेको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टी विभाजन विरुद्ध उत्रिन एमालेले आइतबार आन्तरिक पार्टी निर्देशन जारी गरेको हो ।

एमालेले पछिल्लो बैठकको निर्णय समेटेर जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा पार्टीको पक्षमा सक्रिय भूमिका खेल्न पार्टीका सबै जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको हो ।

जनप्रनितिधिहरुलाई अपनीमा भनिएको छ, “यसका साथै २१ दिनसम्म प्रदेशसभा सदस्यहरु तथा स्थानीय तहका जनप्रतिनिधिहरुले दल छनोट गर्न पाइने भनी जारी गरिएको सूचनाबाट प्रभावित नहुन, पार्टीमा विभाजन र विखराव ल्याउने प्रयासका विरुद्ध दृढतापूर्वक उभिन र पार्टीको पक्षमा सक्रिय भूमिका निर्वाह गर्न हाम्रो पार्टीको तर्फबाट निर्वाचित सबै प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुलाई बैठकले निर्देशित गरेको छ ।”

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रदेश र स्थानीय जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म आफ्नो दल रोजिसक्न भनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...