नाइस टेलिभिजनबाट रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ प्रशारण हुने

204

काठमाडौं । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो ‘ट्यालेन्ट हन्ट’ भदौ ११ गतेदेखि सुरु हुने भएको छ ।

भारतीय संगीत क्षेत्रमा स्थापित टी सिरिज स्टेज वर्क गुहावटी र टी सिरिजको शैक्षिक पहलसँगको सहकार्यमा शो हुन लागेको हो ।

नेपालका लागि अधिकारिक प्रतिनिधि काइजेन इन्क प्रालिको आयोजनामा नाइस टेलिभिजन एचडीमार्फत युनिक डिजिटल अनलाइन ट्यालेन्ट हन्ट रियालिटी शो हुन लागेको हो । भदौ ११ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राति ८ः४५ बजे नाइस टेलिभिजनमा प्रशारण हुने छ ।

डिजिटल पेमेन्टको क्षेत्रमा आफ्नो दरिलो उपस्थिति जनाइरहेको कम्पनी डिजी पे मुख्य प्रयोजक रहेको ट्यालेन्ट हन्ट प्रतियोगितामा तीनवटै विधाका विजेतालाई भारतस्थित टी सिरिज स्टेज वर्क गुहावटीमा काइजेन इन्ककातर्फबाट १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

विजेताले शतप्रतिशत, उपविजेताले ७५ प्रतिशत र तेस्रो स्थान हासिल गर्नेले पनि संगीत, नृत्य वा अभिनय प्रशिक्षणमा ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।

आयोजकका अनुसार छनोट चरणका आठ, सेमिफाइनलका दुई र ग्रान्ड फिनाले (अन्तिम चरण) को एकसहित १३ शृंखलामा पूरा हुने रियालिटी शोमा विजेताको छनोट निर्णायकको अंक, डिजिटल भोटिङ र सोसल मिडियाको प्वाइन्टका आधार मागरिने छ । प्रतियोगितामा नेपाली र भारतीय चलचित्र तथा संगीत उद्योगका हस्तीलाई निर्णायक राखिएका छन् भने प्रत्येक शृंखलामा तीनवटै विधाका दुई–दुई अलग निर्णायक रहने छन् ।

डिजी पेका प्रबन्ध निर्देशक दिवाकर पाण्डेले आफूमा लुकेको प्रतिभालाई बाहिर ल्याउन ट्यालेन्ट हन्ट शो बलियो आधार हुने बताए । टी सिरिज जस्तो भारतकै ठुलामध्ये पर्ने मनोरञ्जन कम्पनीको सहयकार्यमा हुन गइरहेको यो प्रतियोगिता गायन, नृत्य र अभिनय क्षमता भएर पनि बाहिर आउन नसकेका प्रतिभाहरूका लागि उत्कृष्ट ‘प्लेटफर्म’ हुने पाण्डेको भनाइ छ।

‘यो ट्यालेन्ट हन्टमा विजेताहरूले भारतीय चलचित्र उद्योग बलिउडमा समेत प्रवेश पाउने सम्भावना उच्च छ किनभने यसको नारा पनि ‘टिकेट टु बलिउड’ रहेको छ,’ पाण्डेले भने, ‘त्यसकारण जितहार ठुलो कुरा होइन । आफ्नो ठाउँमा भएको र आफ्नो प्रतिभा देखाउन यतिको राम्रो ठाउँ पाउनु धेरै ठुलो कुरा हो । यस्तो स्तरीय कार्यक्रममा प्रयोजन गरी सहभागी हुनपाउँदा हामी औधी खुसी छौं।’

त्यसैगरी काइजेन इन्ककाकार्यकारी अधिकृत सुष्मा मानन्धरले कार्यक्रमपछि आफ्नो प्रतिभा थप निखार्न काइजेन इन्कमा सम्पर्क गरी टी सिरिज स्टेज वर्क गुहावटीमा आफूलाई रोजेको विषयमा अध्ययन गर्न सकिने जानकारी दिइन् ।

आयोजकका अनुसार अनलाइन अडिसनबाट छनोट भएका १ सय २० प्रतिस्पर्धीबीच तीन चरणबाट खारिएका प्रतिभाले ग्रान्ड फिनालेमा आफ्नो प्रस्तुति देखाउने छन् । रियालिटी ट्यालेन्ट हन्ट नाइस टेलिभिजन एचडीमार्फत साताका दुई दिन शुक्रबार र शनिबार राति ८ः४५ बजे प्रशारण हुने छ । सेमिफाइनल र ग्रान्ड फिनाले शनिबार प्रशारण गरिने आयोजकले जनाएको छ।

नाइस् टिभीका अध्यक्ष आशिर्वाद पुन मगरले नाइस् टिभीबाट एउटा छुट्टै रियालिटी शो प्रसारण हुन लागेकोमा खुसी ब्यक्त गरे । त्यस्तै नाइस् टिभीका प्रमुख कार्यकारी निर्माता समिर जोशीले रियालिटी शो बिना टेलिभिजनलाई स्थापित गर्न नसकिने हुनाले यो टालेन्ट शो लगत्तै नेवा आइडल र कमेडी आइकन पनि नाइस् टिभीबाट प्रसारण हुने जानकारी दिए ।

आयोजकका अनुसार प्रत्येक राउन्डमा तीन विधा हुने र हरेक राउन्डमा विभिन्न सेलिब्रेटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन् । प्रत्येक विधामा १४ विशिष्ट सेलिब्रेटी जजहरूले प्रतिस्पर्धीको मूल्यांकन गर्नेछन् । आयोजकले जजहरूको समूहलाई ‘टिम अफ मेगा जजेज’ नाम दिएको छ।

विशिष्ट सेलिब्रेटी जजहरूलाई यो प्रतियोगितामा संलग्न गराउन पाउँदा भिन्नै खालको सम्मान र गौरव महशुश भएको आयोजकको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...