२४ घन्टामा थपिए २,५२५ संक्रमित, ३५ जनाकाे मृत्यु

243

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ५२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९०९ आरटी पिसिआर र ४ हजार ९०१२ एन्टिजेन गरी कुल १४ हजार ८१० जनामा परीक्षण गरिएकोमा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार १४५ जना होम आइसोलेसनमा, ३ हजार १०५ संस्थागत आइसोलेसनमा र ३९५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६२० जना र भेन्टिलेटरमा १७०  जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट २ हजार ८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख २ हजार १८३ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

No description available.

Share This:
सम्बन्धित खबर
Loading...