काठमाडौं । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो ।
समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएकी हुन् ।
कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगि भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ ।
कोरोना संक्रमण जोखिमका कारण साउन ३१ गतेदेखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।