अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिइने

333

काठमाडौं । सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्विट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप लगाइने निर्णय गरिएको जानकारी दिए । पोलियो खोप नजिकै खोप केन्द्रमा गइ लगाउनसमेत अनुरोध गरिएको छ ।

राज्यमन्त्री श्रेष्ठले पोलियो खोप लगाउनसमेत सुरु गरिएको बताएका छन् । अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...