चार प्रदेशमा भारी वर्षाको सम्भावना

381

काठमाडौं । आज मुलुकका ४ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने देखिन्छ ।

मनसुनको न्यूनचापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिणतिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमविदले बताएका छन् ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...