थप १,८०१ जनामा काेराेना पुष्टि, संक्रमणमुक्त हुनेकाे संख्या ७ लाख नाघ्याे

काेराेना अपडेट

218

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा १ हजार ८०१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७०४ आरटी पिसिआर र २ हजार ६२२ एन्टिजेन गरी कुल ११ हजार ३२६ जनामा परीक्षण गरिएकोमा १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३५ हजार १३२ जना होम आइसोलेसनमा, ३ हजार २१९ संस्थागत आइसोलेसनमा र ३९३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६७९ जना र भेन्टिलेटरमा १७६  जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट १ हजार ९२४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ९७ पुगेको छ । निको हुने दर ९३.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...