२४ घन्टामा थपिए २,०७५ संक्रमित, ३० जनाकाे मृत्यु

334

काठमाडाैं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ७५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ७ हजार ७३० आरटी पिसिआर र ५ हजार ४७२ एन्टिजेन गरी कुल १३ हजार ७५ जनामा परीक्षण गरिएकोमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार १५ जना होम आइसोलेसनमा, ३ हजार ३०६ संस्थागत आइसोलेसनमा र ४२३ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७१८ जना र भेन्टिलेटरमा १६६  जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभरबाट २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ । निको हुने दर ९३.३ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...