त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा

178

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनीसँग हुने सिरिजका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरिएको १७ सदस्यीय टोलीमा तीव्र गतिका बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।

गुलशनसँगै तीव्र गतिका बलर विक्रम शोब, शरद भेषवाकर र रोहितकुमार पौडेलले पनि टिममा पुनरागमन जनाएका छन् । बन्द प्रशिक्षणमा रहेका साहब आलम र कमलसिंह ऐरी भने बाहिरिएका छन् ।

त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनिसँग दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ । खेल सेप्टेम्बर ५ र ८ तारिखमा हुने छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमान र अमेरिकासँग २÷२ खेल खेल्ने छ । नेपाली टोली भदौ दोस्रो साता ओमन भ्रमणमा निस्कने छ ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहतकुमार पौडेल, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...