मोटरसाइकलसहित चोरीमा संलग्न पक्राउ

397

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश–२–०१२ प ७०६६ नम्बरको पल्सर मोटरसाइकल सवार गरिरहेको अवस्थामा नयाँ बसपार्क, गोगबुबाट चालकसहित नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका–२, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्ने वर्ष २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ ।

मोटरसाइकलसहित पक्राउ परेका थापालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, नयाँबानेश्वर पठाइएको महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्मा दासले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...