लुम्बिनी प्रदेशसभा बैठक भदौ ७ गतेसम्म स्थगित

273

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक आगामी सोमबारसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको नवौँ अधिवेशनको तेस्रो बैठक विशेष कारणबस स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यसअघि प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार दुई दिनसम्म प्रदेशसभा बैठक अबरुद्ध गरेको थियो । प्रदेश सांसद् अजय शाही र विमला खत्री वलीलाई पदमुक्त नगरेको भन्दै एमालेले बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रदेशसभा सञ्चालन गर्ने विषयमा मुख्यमन्त्री कुलप्रसाद केसीले बुधबार प्रमुख विपक्षी नेकपा एमालेका नेताहरुसँग छलफल गरे पनि सहमति जुट्न सकेको थिएन ।

एमाले प्रमुख सचेतक भूमिश्वर ढाकालले सांसदद्वय शाही र वली आफ्नो दलका भएकाले पार्टीले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरेकाले सभामुखले पनि पदमुक्त नगरेसम्म प्रदेशसभा बैठक चल्न नदिइने बताए ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको पत्रअनुसार सत्यतथ्य बुझेर प्रशासनिक प्रक्रिया सुरु भइसकेको बतएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...