अष्टलक्ष्मी शाक्य बनिन् पहिलो महिला मुख्यमन्त्री

291

 

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बागमती प्रदेशको मुख्यमन्त्री बनेकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।

मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा १ अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले बहुमतप्राप्त पार्टीको संसदीय दलको नेताका रुपमा शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाक्य बुधबार नै बागमती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।

शपथ ग्रहणलगत्तै मुख्यमन्त्री शाक्यले दुई मन्त्री नियुक्त गरेकी छन् । शाक्यले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री तथा कृष्ण खनाललाई भौतिक पूर्वाधार तथा सामाजिक विकासमन्त्री नियुक्त गरेकी हुन् ।

सामाजिक विकासमन्त्री नियुक्त भएका खनाल माधव नेपाल समूहका थिए । खनाललाई आज नेपालको नेतृत्वमा गठित एमाले समाजवादी पार्टीको केन्द्रीय सदस्यमा समेत राखिएको छ । तर, खनालले आफू नयाँ पार्टीमा नरहेको स्पष्टीकरण दिएका छन् ।

 

Share This:
सम्बन्धित खबर
Loading...