२४ घन्टामा थपिए ३,४५१ संक्रमित, ३५ जनाकाे मृत्यु

काेराेना अपडेट

168

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४५१  जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ५३ आरटी पिसिआर र ५ हजार ५१८ एन्टिजेन गरी कुल १५ हजार ६११ जनामा परीक्षण गरिएकोमा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा, ३ हजार ३३५ संस्थागत आइसोलेसनमा र ४०२ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७९५ जना र भेन्टिलेटरमा १९७ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट २ हजार ४५८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको छ । निको हुने दर ९३.२ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ३५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...