नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय सिरिज खेल्ने

238

काठमाडौं । नेपालले ओमानमा पपुवा न्युगिनी (पिएनजी)सँग एकदिवसीय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालले सिरिज खेल्ने पक्का भएको बताएको छ ।

क्यानले पिएनजीसँग सिरिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग अनुमति मागेको थियो । आइसिसीले उक्त श्रृङ्खलाका लागि अनुमति दिएपछि सिरिज पक्का भएको हो ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेल खेल्न लागेको हो ।

नेपालले सेप्टेम्बर ५ मा पहिलो खेल खेल्ने छ । त्यस्तै सेप्टेम्बर ८ मा दोस्रो खेल खेल्ने भएको छ ।

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आगामी सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने छ । उक्त सिरिज ओमानमा हुने यसअघि नै तय भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...