पवनदीप राजनले जिते ‘इन्डियन आइडल–१२’को उपाधि

226

एजेन्सी । पवनदीप राजनले १२औँ संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन् । आइतबार भारतको ७५औँ स्वतन्त्र दिवसको अवसर पारेर भएको फाइनलमा राजनले उपाधि जितेका हुन् ।

२४ वर्षीय पवनदीपले अरुणीता काञ्जीलाल, सायली काम्ले, मोहम्मद दानिस, निहाल ताउरो र सनमुखा प्रियालाई पछि पार्दै १२औँ सिजनको इन्डियन आइडलको अवार्ड उचालेका हुन् ।

अरुणीता काञ्जिलाल फस्ट रनरअप, सायली काम्ले सेकेन्ड रनरअप भइन् । यसैगरी, मोहम्मद दानिस चौथो, निहाल ताउरो पाँचौँ तथा सनमुखा प्रिया छैटौँ भइन् ।

भारत उत्तराखण्ड कुमाउँको सानो जिल्ला चम्पावतमा जन्मिएका उनी गायनमा मात्र नभएर वाद्यवाधनमा पनि उत्तिकै पोख्त छन् । उनी गितार, ढोलक, तबेला, हाम्रोनियम, पियानो, ड्रमलगायत धेरै प्रकारका बाजा बजाउँछन् ।

उनले ट्रफीसहित २५ लाख भारतीय रुपैयाँ र स्वीफ्ट कार पनि जितेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...