खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो : प्रधानमन्त्री देउवा

364

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै कोरोना महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताएका छन् ।

आइताबार कान्तिपुर इकोनमिक समिट–२०२१ लाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन आर्थिक पुनरुत्थानको रणनीतिमा काम गरिरहेको जानकारी दिए ।

उनले भने,“एकातिर खोप व्यवस्थापनका लागि आवश्यकपरेमा संसारका हरेक खोप निर्मातासम्म सबै खालका उपाय लगाएर पुग्नेछौँ भने अर्कोतिर पहुँच भएकाले मात्र खोप पाउने स्थिति नबनोस् भनेर खोपको वितरण सामन्यायिक हुने मानवीय आधारको हुने स्थिति पनि बनाउने छौँ ।”

यो सप्ताहान्तसम्म पूणैमात्रामा खोप लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो मात्र लगाएका र दैनिक तीन लाख ६७ हजार जनासम्मलाई खोप लगाउन सकिएको अवस्था बनेको उनले बताए । हाल नेपालमा आइसकेको १ करोड ८ लाख खोपबाहेक आगामी असोजसम्म कम्तीमा अर्को १ करोड डोज खोप मुलुकमा आउने भएको छ । यसबाहेक आगामी चैतसम्म सरकारले खोप लगाउन उपयुक्त सबै जनालाई खोप लगाएर सक्ने प्रण गरेको प्रधानमन्त्री देउवाले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...