बर्दियाबाट हराएकी तीन किशोरी नवलपरासीमा भेटियो

300
  • श्याम थापा

सुस्ता । बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएकी तीनै जना किशोरीहरु शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका छन् ।

नेपालगञ्जदेखि काठमाडौं जाने क्रममा ना६ख ८४४२ नम्बरको बसमा सवार ठाकुरबाबा नगरपालिका–९ की तीन किशोरीहरु सावित्री बराइली, यमुना परियार र अनिता पुन मगर बर्दघाटमा भेटिएको हो । ती किशोरीहरुलाई बसका चालक कैलाशराम सुनारले चिनेपछि इलाका प्रहरी कार्यालय बर्दघाटमा बुझाएका थिए ।

शुक्रबारदेखि बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–९ बाट हराएका किशोरीहरुको खोजी कार्य गरिदिनका लागि उनीहरुका परिवारले अस्थायी प्रहरी पोष्ट ठाकुरद्वारमा निवेदन दिएका थिए ।

ती किशोरीहरुलाई प्रहरीले खोजी गरिरहेको अवस्थामा शनिबार बर्दघाटमा फेला पारिएको र ती किशोरीहरुसँग प्रहरीले सोधपुछ गर्दा आफ्नो खुसीले घरबाट काठमाडौं जान लागेको बुझ्नमा आएको छ ।

किशोरीहरुको परिवार पनि सम्पर्कमा आइसकेकाले निजको परिवार आएपछि ती किशोरीहरुलाई बुझाइने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजु लामाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...