अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

336

काठमाडौं । रौतहट बम बिस्फोटको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेको नेपाली कांग्रेसका निलम्बित सांसद् मोहम्मद अफताव आलमको मुद्दा सुनुवाइ नहुने भएको छ ।

उनको निवेदन न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको इजलासमा परेको थियो । तर, हेर्न नमिल्नेमा परेको छ ।

आलामलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको थियो ।

२०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

२७ चैत २०६४ मा रौतहटमा बम बिस्फोट गराएको र त्यसबाट व्यक्ति हत्या गरेको आरोप लागेर आलम थुनामा छन् । जिल्ला अदालत रौतहटले थुनामा पठाएको आदेशविरुद्ध पुनरावेदन गर्दै आलम उच्च अदालत विरगञ्ज पुगेका थिए । उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामा राख्ने आदेश जारी गरेको थियो ।

त्यही आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...