ओली सरकारले ९७ लाख डोज ल्याएर ४२ लाखलाई खोप लगाएको थियो : राज्यमन्त्री श्रेष्ठ

374

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपको आयात, भण्डरण र वितरणलाई अभियानका रुपमा सञ्चालन गरिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै राज्यमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई ५ करोड ५० लाख डोज खोप चाहिने भएकाले सरकारले नागरिकको जीवनरक्षालाई ध्यान दिएर नै प्राथमिकतासाथ काम थालेको जानकारी दिए ।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालमा ९७ लाख डोज खोप आएको र ४२ लाख नागरिकलाई लगाइएकोमा अहिले सरकारले थप ७५ लाख डोज खोप लगाएको राज्यमन्त्री श्रेष्ठले बताए । असोज मसान्तसम्म १ करोड ८ लाख डोज खोप प्राप्त हुने छ । ३३ प्रतिशत नागरिकलाई खोप लगाउने योजना र लक्ष्य रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।

सरकारले खोपलाई अभियानका रुपमा सञ्चालन गरेर हरेक दिन डेढदेखि दुई लाख जनालाई लगाइरहेको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...