कोरोनाविरुद्धको खोप दैनिक दुई लाख जनालाई लगाउने राज्यमन्त्री श्रेष्ठको घोषणा

163

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने घोषणा गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप र नागरिकको जीवनरक्षालाई सरकारले प्राथमिकता दिएको बताए ।

सरकारले खोप आयात बढाएको उनको भनाइ छ । ५ करोड ५० लाख खोप आवश्यक पर्ने भन्दै उनले पूर्ववर्ती सरकारले ४२ लाख खोप उपलब्ध गराएको बताए । बुधबारसम्म ७५ लाख डोज खोप लगाइएको उनले जानकारी दिए ।

सरकारले अभियानको रुपमा दैनिक १ लाखदेखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको छ । असोज मसान्तसम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए ।

उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...