परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप दिने सरकारको निर्णय

361

काठमाडौं । सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ ।

संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए ।

अब विद्यार्थीले प्रवेशपत्रका आधारमा काठमाडौं जिल्लाका तीन स्थानबाट कोरोनाविरुद्धको खोप पाउने भएका छन् । वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी र सशस्त्र प्रहरी बल बलम्बु अस्पतालबाट छिट्टै प्रवेशपत्रका आधारमा खोप दिइने भएको छ ।

सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...