काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसिसी के गर्नुहुन्छ भनेर प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै साझा कार्यक्रममा एमसिसीबारे उल्लेख गरेको नपाएको भन्दै उनले सोधे,“संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा साना कुरा गरेको छ । अहिलेको गठबन्धन सरकार हुँदा एमसिसी गर्नुभएको थियो । साझा न्यूनतम कार्यक्रममा एमसिसी बिर्सिनुभयो क्यो हो,” उनले प्रश्न गरे,“खै मैले त देखिनँ । छैन कहीँ ।”
प्रधानमन्त्री पदमा रहेका बेला एमसिसी पास गर्नुपर्छ भनेर ओलीले अभिव्यक्ति दिएका थिए । उनले ती अभिव्यक्तिका भिडियो सार्वजनिक गरेर अहिले वातावरण बनाउन खोजिएको भन्दै प्रश्न गरे,“तपाईंको साझा न्यूनतम कार्यक्रममा एमसिसीबारे के गर्नुहुन्छ ? चुप लागेर हुन्छ ?”
प्रधानमन्त्री देउवालाई १६५ सांसद्को समर्थन रहेको भन्दै त्यसले गर्छ भनेर उनले देउवालाई प्रश्न गरेका हुन् । उनले यसबारे जनताले जान्न चाहेको बताए ।