साफ च्याम्पियनसीप माल्दिभ्समा हुने

335

काठमाडौं । १३औँ संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ ।

साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र माल्दिभ्सले दक्षिण एसियाली फुटबल महासंघसमक्ष प्रस्ताव राखेका थिए ।

प्रस्ताव अध्ययनपछि प्रतियोगिता आयोजना गर्ने जिम्मा माल्दिभ्सले पाएको हो । नेपालमा पछिल्लो समय कोरोना महामारी बढ्दै गएका कारण साफ च्याम्पियनसीप आयोजना गर्न अनुमति नपाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

यसअघि १३औँ संस्करणको साफ च्याम्पियनसीप बंगलादेशमा गर्ने तय भएको थियो । बंगलादेशले कोरोनाका कारण साफ च्याम्पियनसीप आयोजना गर्न नसक्ने जनाएपछि कसले प्रतियोगिता गर्ने भनेर केही समय कुर्न परेको थियो ।

साफमा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सले भाग लिने पक्का भएको एन्फाले जनएको छ । भुटानले भाग लिने वा नलिने विषयमा केही दिनमा निर्णय गर्ने बताइएको छ । फिफाले प्रतिबन्ध लगाएका कारण पाकिस्तानले साफमा भाग लिन पाउने छैन ।

Share This:
सम्बन्धित खबर
Loading...