कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले सम्हाले कार्यभार

322

काठमाडौं । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापा बिदामा बसेसँगै शर्माले आजदेखि कामु प्रधानसेनापतिको कार्यभार सम्हालेका हुन् ।

प्रधानसेनापति थापाको तीन वर्षको पदावधि भदौ २४ मा सकिँदै छ । उनले अनिवार्य अवकाश पाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को साउन १२ को सिफारिसअनुसार शर्मालाई साउन १७ गते कामु प्रधानसेनापतिमा नियुक्त गरेकी थिइन् ।

शर्माले आमागी भदौ २४ गते नेपालको ४४औँ प्रधानसेनापतिको फुलि लगाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...