२४ घन्टामा थपिए २,५४८ संक्रमित, ५५ जनाको मृत्यु

काेराेना अपडेट

130

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ५४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ३३ आरटी पिसिआर र ३ हजार ३४५ एन्टिजेन गरी कुल १२ हजार ३७८ जनामा परीक्षण गरिएकोमा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

संक्रमितहरूमध्ये ३१ हजार ९६३ जना होम आइसोलेसनमा, ३ हजार ५२२ संस्थागत आइसोलेसनमा र ४७५ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ८०२ जना र भेन्टिलेटरमा १८१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट २ हजार २९ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६९ हजार २९९ पुगेको छ । निको हुने दर ९३.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...