विकास नेपालद्वारा कास्कीका १६० घर परिवारलाई राहत सामाग्री प्रदान

368

पोखरा । कोभिडबाट प्रभावित भएका विपन्न समूहलाई विकास नेपालले कास्कीका विभिन्न स्थानमा राहत सामाग्री प्रदान गरेको छ । वितरित सामाग्रीहरु कास्कीका १६० घर परिवारलाई स्थानीय पदाधिकारीहरुको रोहबरमा हस्तान्तरण गरिएको छ ।

कास्कीको मादी गाँउपालीका ,अन्नपूर्ण गाँउपालिका र पोखरा महानगरपालिकाको वडा नम्बर ९, १५ र २० मा उक्त सामाग्री वितरण गरीएको हो ।

वितरीत समाग्रीहरुमा २५ केजी चामल , तीन केजी दाल, तीन किलो चिनी, तीन किलो नुन, दुई किलो चना, चिउरा, साबुन ४ पिसलगायत स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानिटाइजरलगायत ९ प्रकारका सामाग्री रहेको विकास नेपालका अध्यक्ष डा.बुद्धिबहादुर थापाले जानकारी दिए । वितरित सामाग्री प्रति व्यक्ति ३ हजार ८ सय रुपैयाँको रहेको छ ।

उनले कोभिडबाट प्रभावित भएका परिवार र विपन्न परिवारमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको बताए । त्यसै गरी मादी गाँउपालीका–५ का वडा अध्यक्ष रतन गुरुङ्गले वितरित सामाग्रीहरु गुणस्तरीय भएकाले विपन्न परिवारका लागि थोरै भए पनि राहात भएको बताए । यस्तै समाजिक कार्यकर्ता टिकाराम सापकोटाले विकास नेपालको राहत लक्षित वर्गलाई समेटेको भन्दै धन्यवाद दिए ।

अन्नपूर्ण गाँउपालिकाको वडा नम्बर १ मा आयोजित राहत वितरण कार्यक्रमा बोल्दै वडा अध्यक्ष भरतजङ्ग कुवँरले सहरी क्षेत्रको नजिक भए पनि अन्नपूर्णमा विपन्न वर्ग धेरै भए पनि सीमित वर्गलाई समेटिएको बताए । कार्यक्रममा विकास नेपालका सल्लाकार रमेश पौडेल, उपाध्यक्ष विमला कुमारी केसीलगायतले बोलेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...