काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को निर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
कोरोना महामारीका कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिए ।
यसअघि शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बढ्दो कोरोना भइरस संक्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जनाएको थियो ।
राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको थियो ।
तर, कोभिड महामारीबीच भौतिक उपस्थितिसहित परीक्षा सञ्चालन गराउने बोर्डको निर्णयप्रति धेरैले असन्तुष्टि जनाउँदै आएका छन् ।