एसइईको नतिजा आजै प्रकाशन गर्ने तयारी

154

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसइई (आन्तरिक मूल्याङ्कन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्याङ्कन गरेर विवरण बोर्डमा पठाएका थिए । सोही नतिजालाई नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दोस्रो साताभित्रै नतिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएको थियो ।

नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमको फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...