नेपाली मुलकी अस्मिता आले टोटनह्याममा अनुबन्धित

410

काठमाडौं । नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आलेमगर इंग्लिस क्लब टोटोनह्याममा अनुबन्धित भएकी छन् ।

शुक्रबार टोटनह्यामले १९ वर्षीषा आलेलाई एस्टोन लिल्लाबाट अनुबन्धित गरेको हो ।

आलेले टोटनह्यामसँग दुई वर्षको सम्झौता गरेकी छन् । आले गत सिजन एस्टोन भिल्लाबाट खेलेकी थिइन् । उनी ‘प्लेयर द सिजन’ घोषित भएकी थिइन् ।

इंग्ल्यान्डको यू–१९ टिमकी सदस्यसमेत रहेकी आलेले २०१८ मा एस्टोन भिल्लाको सिनियर टिममा डेब्यु गरेकी थिइन् । आले अमृत र बसन्ती आलेकी छोरी हुन् । तनहुँ स्थायी घर भएका अमृत क्वीन्स गोरखा सिग्नलका सैनिक हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...