परीक्षा बोर्डको बैठक आज बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय हुने

137

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दै छ ।

स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा रोक्न सिफारिस गरेको थियो ।

कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदै छ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र शिक्षक अन्योलमा छन् । कक्षा १२ को परीक्षामा झन्डै ४ लाख विद्यार्थी सहभागी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...