घुस अस्वीकार गर्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित

281

काठमाडौं । घुस लिन नमान्ने ३६ जना ट्राफिक प्रहरी सम्मनित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनान नपरी आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिकलाई आज एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।

सम्मानित हुनेहरुमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने विश्वास महाशाखाले गरेको छ ।

“प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरसः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एवम् निर्देशन दिँदै आएका छौं, फलस्वरुप घुस दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत एवम् सम्मान गरेका छौँ,” महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने ।

पुरस्कृतसहित सम्मानित हुनेहरुमा प्रहरी निरीक्षक शंकर खड्का, प्रहरी सहायक निरीक्षक मणिकान्त झा, प्रहरी हवल्दारद्वय बिनोद गोतामे र सन्तोष कुमार शाह साथै प्रहरी जवानहरु अमर यादव, केशव बिष्ट, दिनेश श्रेष्ठ, देवीराम धमला, कृष्ण बहादुर शाही रहेका छन् ।

यस्तै, प्रहरी हवल्दारहरु अशोक कुमार धवल, उमेश राम, कृष्ण कुमार प्रजापती, नारायण दत्त भट्ट, पदमसिंह धामी, प्रमानन्द यादव, बसन्त कुमार गौतम, वीरेन्द्र कलवार, सम्भु नारायण यादव, शिव नारायण चौधरी र प्रहरी जवानहरु कमल खड्का, अरुण अधिकारी, गणेश ओझा, गुणकर अवस्थी, दिनेश बिक, प्रकाश थापा, प्रज्ञान केसी, मनोज कुमार चौधरी, दिनेश लामा, महेन्द्र प्रसाद शर्मा, यशोदा भट्ट, राकेश कुमार शाह, राजेन्द्र कार्की, लक्षमणसिंह बोहोरा, विजयसिंह ऐर, श्यामसुन्दर यादव, हेमन्तबहादुर खड्का रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...