चोरीको मोटरसाइकलसहित दुईजना पक्राउ

432

काठमाडौं । काठमाडौं टोखा नगरपालिका धनेश्वारबाट मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सूर्यगडी गाउँपालिका–४ घर भई हाल काठमाडौं बनस्थलि बस्ने २४ वर्षीय सञ्जय तामाङ र नुवाकोट तादी गाउँपालिका–६ घर भई हाल काठमाडौं तार्केश्वर–६ बस्ने ३२ वर्र्षीका बुद्धि बहादुर तामाङ रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाडौं तारकेश्वर–६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्बरको कालो, रातो रंङको २२० सिसिको पल्सार मोटरसाइकल शंकास्पद रूपमा चलाइरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा इञ्जिन नम्बर भएको मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्जमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...