काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने बताएका छन् ।
बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इञ्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिहरुसँगको भेटघाटमा मन्त्री शर्माले संरचनाहरु अपाङ्गमैत्री बनाइने बताएका हुन् ।
नेटवर्ककका प्रतिनिधिले सार्वजनिक स्थलहरु अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इञ्ज्युरीका कारण अपाङ्गलता भएकाहरुका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री सहजरुपले उपलब्ध हुनुपर्नेलगायतका माग राखेका थिए ।
प्रतिनिधिमण्डलको आग्रहअनुसार पुराना संरचनालाई भत्काएर अपाङ्गमैत्री बनाउन नसके पनि अब बन्ने संरचना अपाङ्गमैत्री बनाइने आश्वासन मन्त्री शर्माले दिएका हुन् । उनले घाइते अपाङ्गता भएकाहरुको समस्या सम्बोधन हुने गरी नीतिगत समाधान निकाल्ने कोशिश भइरहेको जानकारी समेत दिए ।