बंगलादेशको लगातार दोस्रो जित

245

काठमाडौं । अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा बंगलादेश विजयी भएको छ । बुधबार राति सम्पन्न खेलमा बंग्लादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ ।

अष्ट्रेलियाले दिएको १ सय २२ रनको सामान्य लक्ष्य बंगलादेशले १८.४ ओभरमा ५ पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

बंगलादेशको जितमा अफिफ हुसैनले ३७ र नुरूल हसनले २२ रनको नटआउट पारी खेले । यस्तै, साकिब अल हसनले २६ तथा महिदी हसनले २३ रनको योगदान दिए ।

यसअघि, ढाकास्थित शेर बंगला नेसनले स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २१ रन बनायो ।

अष्ट्रेलियाका मिचेल मार्सले ४५, मोसेस हेनरिक्सले ३०, मिचेल स्टार्कले १३, एलेक्स क्यारीले ११ तथा जोश फिलिपले १० रनको पारी खेले ।

जितसँगै बंगलादेशले ५ खेलको टी–२० सिरिजमा २–० को अग्रता लिएको छ । यसअघि भएको पहिलो खेलमा बंगलादेश २३ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...