पारस खड्काले भने– म क्रिकेटबाट टाढिएको होइन, अब भूमिका बदलिने छ

198

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका नेपालका पूर्वकप्तान पारस खड्काले आफ्नो जीवनकालमा नेपालले टेष्ट मान्यता प्राप्त गरोस् भन्ने चाहना रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वकप्ता खड्काले नेपाललाई टेष्ट राष्ट्रको रुपमा हेर्न चाहेको बताए । “सन् २००५ मै नेपाले एकदिवसीय मान्यता पाएको भए म पनि अहिलेसम्म टेष्ट खेल्थेँ होला । तर, त्यो भएन । मेरो अनफिल्ड जर्नी मात्रै सकिएको हो ।”

खड्काले आफू क्रिकेटबाट टाढा नहुने बताए । उनले आफ्नो भूमिका भने अब बदलिने स्पष्ट पारे । “म क्रिकेटबाट टाढिएको होइन, अब बेग्लै भूमिका हुन सक्छ । यो मैले धेरै सोचेर लिएको निर्णय हो” उनले भने ।

खड्काले अरु विषयमा सबैसँग सल्लाह लिने गरेको भए पनि क्रिकेटसम्बन्धी निर्णय आफू एक्लैले लिने गरेको बताए । अहिले सन्यास लिन सही समय आफूले ठानेको उनको भनाइ छ । “मैले आफ्नो श्रीमती र परिवारलाई भनेको थिएँ । तर, सल्लाह गरेको होइन कि जानकारी गराएको हुँ ।”

Share This:
सम्बन्धित खबर
Loading...