अष्ट्रेलियामाथि बंगलादेशको ऐतिहासिक जित

323

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा बंगलादेश विजयी भएको छ । ऐतिहासिक जित निकाल्ने क्रममा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

टी–२० क्रिकेटमा अष्ट्रेलयाविरुद्ध बंगलादेशको ऐतिहासिक जित हो । यसअघि बंगलादेशले अष्ट्रेलियालाई टी–२० क्रिकेटमा हराउन सकेको थिएन ।

ढाकास्थित शेर बंगला नेसनल स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले ७ विकेटको क्षतिमा १ सय ३१ रनको सामान्य योगफल बनाएको थियो ।

बंगलादेशका अलराउण्डर साकिब अल हसनले ३६, मोहम्मद नैमले ३०, अफिफ हसनले २३ तथा महमुदुल्लाहले २० रनको योगदान दिए ।

१ सय ३२ रनको सामान्य लक्ष्य पच्छ्याएको अष्ट्रेलियाले पूरै २० ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको पाहुना टोली अष्ट्रेलियाका ओपनर एलेक्स क्यारी शून्य तथा जोश फिलिप्प ९ रनमा आउट भए । बंगलादेशी बलरसामू निरीह बनेको अष्ट्रेलियाका ब्याट्सम्यान मिचेल मार्सले ४५, मिचेल स्टार्कले १४ र म्याथ्यू वेडले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका नसुम अहमदले ४, मुस्ताफिजुर रहमान र सोरिफुल रहमानले समान २–२ विकेट लिए ।

जितसँगै बंगलादेशले पाँच खेलको टी–२० श्रृङ्खलामा १–० को अग्रता लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...