रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने सरकारको निर्णय

364

काठमाडौं । सरकारले आचरणविपरीत काम गरेको भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

गत वर्ष जेठमा तत्कालीन केपी शर्मा ओली सरकारले भट्टराईलाई नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको थियो । त्यतिबेलादेखि नै उनको आचरणमा प्रश्न उठ्दै आएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...