प्रधानमन्त्री देउवाले रोके डा.जागेश्वर गौतमको सरुवा

223

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा.जागेश्वर गौतमसहित चारजनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका छन् ।

प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैँसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

राज्यमन्त्री श्रेष्ठले डा.गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाएका थिए ।

यस्तै, स्वास्थ्य समन्वय महाशाखामा डा.विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा.रिता भण्डारीलाई पठाएका थिए ।

तर, प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले पनि प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको पुष्टि गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...