चुरोटको विषयमा विवादपछि एसिड प्रहार, घटनामा संलग्न काठमाडौंबाट पक्राउ

269

सुनसरी । सुनसरीमा एसिड आक्रमण गरी एक महिलालाई गम्भीर घाइते बनाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने ४३ वर्षीया महिलालाई एसिड प्रहर गरी गम्भीर घाइते बनाएको आरोपमा सोही ठाउँ बस्ने ३० वर्षीय रोमन राजधामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

चुरोटको विषयमा विवाद हुँदा साउन १२ गते राति रोमनले आफ्नै श्रीमतीलाई एसिड आक्रमण गर्न खोज्दा सोही ठाउँ बस्ने ती महिलाको घरमा शरण लिन गएकी थिइन् ।

ती महिलाले सम्झाइबुझाइ गर्न खोज्दा रोमनले उनकै टाउको तथा अनुहारमा एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएकी ती महिलालाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन घोपा लगिएको थियो । त्यसपछि थप उपचारका लागि उनलाई म्याक्स अस्पताल विराटनगरमा पठाइएको छ ।

एसिड प्रहार गरेपछि रमन फरार रहेका थिए । उनी भागेर काठमाडौं पुगेका थिए । इलाका प्रहरी कार्यालयको टोलीले महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंको सहयोगमा गौशालाबाट उनलाई पक्राउ गरेको हो ।

उनीमाथि एसिड आक्रमण (कुटपिट वा अंगभंगसम्बन्धी) कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...