श्रीलंका लगेर बन्धक बनाउने महिला जेल चलान

449

काठमाडौं । महिलालाई श्रीलंका पुर्याएर बेचबिखन गरेको आरोपमा पक्राउ परेका एक महिलालाई जेल चलान गरिएको छ ।

प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले कुवेतमा आकर्षक तलब कमाइ हुन्छ भनी श्रीलंका लगेर २५ जना महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रादेवी मलाह भन्ने सावित्रा मुखियालाई पक्राउ गरेको थियो । पक्राउ परेकी मुखियालाई काठमाडौं जिल्ला अदालतले यही साउन १छ को आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको प्रहरीले जनाएको छ ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले महिलाहरुलाई आकर्षण तलब हुन्छ भनी काठमाडौंबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँदिल्ली हुँदै श्रीलंका पुर्याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको जानकारी दिए । बन्धक बनाएका महिलालाई श्रीलंका प्रहरीको सहयोगमा उद्धार गरिएको ब्युरोले जनाएको छ ।

पक्राउ परेका मुखियालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान गरिएको द्विवेदीको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...