सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध छः अर्थमन्त्री शर्मा

148

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघद्वारा सोमबार आयोजित स्वागत कार्यक्रममा उनले भने,“वर्तामान सरकार र सत्तारुढ गठबन्धन प्रेस स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा दृढतापूर्वक उभिन्छ ।”

मन्त्री शर्माले कोभिड–१९ महामारीमा मिडिया क्षेत्रले भोग्नु परेको आर्थिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कोभिडका कारण बन्द हुने अवस्थामा पुगेका साना तथा मझौला मिडियालाई जोगाउने गरी सो क्षेत्रको सुझावका आधारमा राहतको व्यवस्था गर्ने बताए । उनले भने,“यति बेला मुख्य गरी श्रमिक वर्ग मर्र्कामा परेको छ, रोजगारी खोसिएको छ, त्यसलाई सामूहिक छलफलबाट समाधान गर्नुपर्छ ।”

मन्त्री शर्माले विगतका सरकारले मिडियाबारे गरेको व्यवस्थालाई कार्यान्वयन गर्ने र मिडियाबारे ऐन÷कानुन, संरचना, क्षमता र परिणाममा सुधार गर्नुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...