चोरी भएको छिन्नमस्ता देवीको मुकुटसहित पक्राउ

375

सप्तरी । छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट (मस्कत) आज फेला परेको छ ।

आइतबार साँझ चोरी भएको मुकुट सोमबार बिहान विष्णुपुर गाउँपालिका–५ बाट फेला पारेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । चोरी भएको चाँदीको मुकुटसहित विष्णुपुर गाउँपालिका–५ मझौका राजेश कुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

एसपी धमलाका अनुसार मुकुट बोकेको मन्छे गाउँ घुमिरहेको जानकारी प्राप्त भएपछि प्रहरी टोलीले ती मान्छेलाई नियन्त्रणमा लिएको छ ।

मण्डलसहित ७५० ग्रामको चाँदीको मुकुट, सुनको टीका र नथिया बरामद गरी मण्डललाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको एसपी धमलाले बताए ।

मुकुट चोरी भएको सूचना आएपछि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा अधिकारी राति छिन्नमस्ता मन्दिर पुगेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...