टोकियो ओलम्पिक : ५१ पदकसहित चीन शीर्ष स्थानमा कायमै

280

काठमाडौं । जापानको राजधानीमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ५१ पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ ।

चीनले हालसम्म २४ स्वर्ण, १४ रजत र १३ कास्य पदक प्राप्त गरेको छ । अमेरिका र जापान दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् ।

अमेरिकनले २० स्वर्ण, २३ रजत र १६ कास्यसहित ५९ पदक प्राप्त गरेको छ भने जापानले १७ स्वर्ण, ५ रजत र ९ कास्यसहित ३१ पदक प्राप्त गर्न सफल भएको छ । यस्तै, अष्ट्रेलियाल १४ स्वर्ण, ३ रजत र १४ कास्य पदक प्राप्त गर्दै चौथो स्थानमा उक्लेको छ ।

यसैगरी रसियन ओलम्पिक कमिटी १२ स्वर्ण, १९ रजत र १३ कास्यसहित ४४ पदक प्रप्त गर्दै पाँचौ स्थानमा छ । बेलायत १० स्वर्ण, १० रजत र १२ कास्यसहित छैटौँ, फ्रान्स ५ स्वर्ण, १० रजत र ६ कास्यसाथ सातौँ, दक्षिण कोरिया ५ स्वर्ण, ४ रजत र ८ कास्य जित्दै आठौँ, इटाली ४ स्वर्ण, ८ रजत र १५ कास्यसाथ नवौँ तथा नेदरल्यान्ड्स ४ स्वर्ण ७ रजत र ६ कास्य पदकसहित तालिकाको १०औँ स्थानमा रहेको टोकियो ओलम्पिकको वेबसाइटमा उल्लेख छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७६ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...