दार्चुला घटना छानबिन गर्न गृह मन्त्रालयले बनायो पाँच सदस्यीय समिति

438

काठमाडौं । तुइन काटेर नेपाली नागरिकको हत्य गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

दार्चुलाका जयसिंह धामी तुइबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको हो ।

गृह मन्त्रीस्तरीय निर्याय अनुसार घटनाको स्थलगतरुपमा छानबिन गरी सत्य तथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।

समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...