खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिनु : स्वास्थ्य मन्त्रालय

499

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ ।

आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरुले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जनगुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ ।

हाल उपत्यकाका चारवटा अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छ । जसमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, पाटन अस्पताल, सिभिल अस्पताल र एपिएफ अस्पताल बलम्बु छन् ।

पछिल्लो समय विभिन्न देशहरुमा बाहिरबाट आउने कामदार र नागरिकलाई खोप अनिवार्य गरेपछि अहिले खोप लगाएको प्रमाण पत्र लिनेको संख्या बढेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...