नेपाली युवकको अमेरिकामा मृत्यु

171

काठमाडौं । रोजगारका लागि अमेरिका पुगेका एक युवकको मृत्यु भएको छ । पर्वतको फलेवास नगरपालिका–१० कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्युयोर्कस्थित एल्महर्स्ट अस्पतालमा यही साउन १२ गते मृत्यु भएको हो ।

विगत ५ वर्षअघि मात्र अमेरिका पुगेको लम्साल न्युयोकस्थित ग्रान्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकै एल्महर्स्ट अस्पताल लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दीपेन्द्र लम्सालले जानकारी दिए ।

उनका अनुसार अहिले लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...