काठमाडौं । ‘बृहत् नागरिक आन्दोलन’ले शनिबार काठमाडौंमा खबरदारी मार्च पास गरेको छ । ‘जनताका लागि लोकतन्त्र’ भन्दै माइतीघरदेखि बानेश्वरसम्म ‘बृहत नागरिक आन्दोलन’ले पार्च पास गरिएको हो ।
उनीहरुले ‘बिपी प्रतिष्ठान बचाउ र बदल’ भन्दै खबरदारी गरिएको थियो । पार्च पासमा सहभागीहरुले ‘दलितलाई बाटोमै छोड्ने, दातालाई बाटोमै टिप्ने’, ‘देशकै ठूलो शिक्षण अस्पताल ठप्प छ, भ्रष्टाचारले देश ग्रस्त छ’, ‘दक्षिणपन्थी सल्बलाउँदै छ, सत्ता गठबन्धन अलमलिँदै छ’लगायत लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
नागरिकको स्वास्थ्यजस्तो विषयमा पनि राजनीति गर्न खोजिएको भन्दै मार्चपास गरिएको अभियन्ता डा. जीवन क्षेत्रीले बताए ।