काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएको उनको निजी सचिव नदेन्द्र केसीले जानकारी दिए ।
स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वषीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ ।
स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बालको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर बेपत्ता भएको आरोप लगाएको छ ।